पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

काठमाडौं, चैत १३ गते । नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले युवा पुस्ताको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल मार्फत व्यक्त गरिएको आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा शाहले ऐतिहासिक जिम्मेवारी वहन गर्न लागेको उल्लेख गरेका छन्।

उनले आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ–राजनीतिक अवस्था तथा बाह्य रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको भू–राजनीतिक परिस्थितिबीच सन्तुलित र कुशल व्यवस्थापन आवश्यक रहेको औंल्याएका छन्। भट्टराईले यी चुनौती र सम्भावनालाई अवसरमा रूपान्तरण गर्दै देश र जनताका एक्काइसौँ शताब्दीका आकांक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले लामो लोकतान्त्रिक संघर्षपछि नेपाल सुशासन र समावेशी समृद्धिको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब राजनीतिक नेतृत्व समयानुकूल रूपान्तरण हुनुपर्ने बताएका छन्। उनले डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) मैत्री युवा पुस्तामा नेतृत्वको पुस्तान्तरण भइरहेको वस्तुगत यथार्थलाई आत्मसात गर्न सबैलाई आग्रह गरेका छन्।

यसैगरी, उनले कसैको देवत्वकरण वा दानवीकरण नगरी गुण–दोषका आधारमा सहकार्य तथा स्वस्थ प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईको उक्त धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ, जहाँ धेरैले यसलाई युवा नेतृत्वप्रति विश्वास र नयाँ राजनीतिक संस्कृतिको आह्वानका रूपमा लिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, डिजिटल युगअनुसार राजनीतिक रूपान्तरणको आह्वान

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.