भीमफेदीमा हाईस गाडी दुर्घटना: ब्रेक फेल, ३ जना घाइते

भीमफेदी, चैत १४ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज बिहान करिब ११:२० बजे हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय भीमफेदीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडीको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। गाडीमा चालकसहित १० जना सवार थिए। घाइते भएका ३ जनालाई घटनास्थलबाट उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाका कारण थप अनुसन्धान गरिरहेको छ र सडक सुरक्षाका लागि यात्रुहरुलाई सचेत गराएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.