केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

हेटौंडा, चैत १५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर एमालेले आन्दोलनलाई तीव्र बनाएको छ। सोही क्रममा हेटौंडामा पनि यसको प्रभाव देखिएको छ।

आज हेटौंडाका विभिन्न स्थानहरूमा एमाले समर्थक कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले पार्टीको झण्डा बोकेर ओलीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।

आन्दोलनका क्रममा कार्यकर्ताहरूले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्री सुदन गुरुङको राजीनामा समेत माग गरेका छन्। प्रदर्शनकारीहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “गृहमन्त्री राजीनामा दे”, “एमाले जिन्दाबाद” जस्ता नाराबाजी गर्दै शहरका विभिन्न सडक परिक्रमा गरेका थिए।

एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले हिजो नै सामाजिक सञ्जालमार्फत आजको आन्दोलनबारे जानकारी गराएका थिए। उनले पार्टीको केन्द्रीय सचिवालयको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका थिए।

सोही कार्यक्रमअन्तर्गत हेटौंडामा पनि ज्ञापनपत्र बुझाउने तथा विरोध प्रदर्शन गर्ने गतिविधि गरिएको हो। एमाले समर्थकहरूले ओलीको गिरफ्तारीलाई गैरसंवैधानिक र प्रतिशोधपूर्ण भन्दै तत्काल रिहाइको माग गरेका छन्।

आज बिहान ११ बजेदेखि सुरु भएको आन्दोलन हेटौंडाका विभिन्न सडकहरूमा व्यापक रूपमा देखिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.