जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

काठमाडौं, चैत १५ गते । ज्ञानेन्द्र शाहीले जातीय छुवाछुत अन्त्यका लागि सबै नागरिक एकजुट हुन आह्वान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिई सांसद पदमा विजयी भएका शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कानुनी व्यवस्था भए पनि समाजमा अझै जातीय विभेद कायम रहनु दुःखद रहेको बताएका हुन्।

उनले नेपालमा जातीय छुवाछुत अन्त्य गर्नका लागि नयाँ मुलुकी ऐन २०२० लागू भएको झन्डै ६२ वर्ष बितिसक्दा पनि व्यवहारमा विभेद पूर्ण रूपमा हट्न नसकेको उल्लेख गरेका छन्।

शाहीले कानुनले निषेध गरिसकेको प्रथा अझै पनि समाजमा देखिनु गम्भीर विषय भएको भन्दै अब सबै नागरिक सचेत बन्ने, आवाज उठाउने र यस्तो अमानवीय अभ्यास अन्त्यका लागि संगठित रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले जातीय छुवाछुत गर्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि बताएका छन्। “मानवता भन्दा ठूलो कुनै जात हुँदैन,” भन्दै उनले समानता, सम्मान र सहअस्तित्वमा आधारित समाज निर्माणका लागि सबैलाई हातेमालो गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

जातीय छुवाछुत अन्त्यका लागि एकजुट हुन सांसद ज्ञानेन्द्र शाहीको आह्वान

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.