गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

काठमाडौं, चैत १५ गते । महेश बस्नेतले आफ्नो गिरफ्तारीको हल्ला र आफूविरुद्ध दर्ता गरिएको मुद्दालाई लिएर गम्भीर आपत्ति जनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई पक्राउ गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

उनले तीन वर्षअघि नै एक “फेक व्यक्ति” प्रयोग गरेर आफ्नो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको दाबी गर्दै उक्त जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको र सो विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिटसमेत खारेज भइसकेको बताएका छन्।

बस्नेतका अनुसार सोही विषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ। यस्तो अवस्थामा पुनः उही व्यक्तिलाई प्रयोग गरी तेस्रो पटक नक्कली जाहेरी दर्ता गराएर आफूलाई पक्राउ गर्ने योजना बनाइएको र मिडिया ट्रायल गरिँदैछ भन्ने उनको आरोप छ।

उनले यो कार्य बालेन शाह नेतृत्वको “निरंकुश र अधिनायकवादी शैलीको सरकार” तथा गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित भएको दाबी गरेका छन्।

साथै, आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक र गलत भएको स्पष्ट पार्दै बस्नेतले यस्ता हल्ला फैलाएर जनमत भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन्।

उनले अन्त्यमा यस्ता गतिविधिको परिणाम सम्बन्धित पक्षले भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.