भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

भिमफेदी, चैत १८ गते । मकवानपुरको भिमफेदीमा समुदाय–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

आज बिहान ११:३० बजे इलाका प्रहरी कार्यालय भिमफेदीको आयोजनामा तथा कार्यालयकै समन्वयमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजीव श्रेष्ठ लगायत स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले उठाएका विभिन्न जन-गुनासो, समस्या तथा अपेक्षाहरूलाई प्रत्यक्ष रूपमा सुन्ने र समाधानतर्फ पहल गर्ने उद्देश्य राखिएको थियो। सहभागीहरूले प्रहरी सेवासँग सम्बन्धित विविध विषयमा प्रश्न, सुझाव र गुनासाहरू राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रहरी उपरीक्षक खत्रीले उठेका गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै सुधार र सहकार्यका लागि प्रतिबद्धता जनाएका थिए। उनले समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे।

यस प्रकारका कार्यक्रमले प्रहरी र समुदायबीचको विश्वास अभिवृद्धि गर्दै शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.