ललितपुरमा ७ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

ललितपुर, चैत १९ गते । ललितपुरमा प्रहरीले ७ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा छपेली क्षेत्रमा नियमित चेकजाँचका क्रममा प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले मोटरसाइकल रोकेर जाँच गरेको थियो। हेटौंडाबाट भैंसेपाटीतर्फ जाँदै गरेको बा ८६ प ४००९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको साथबाट ७ किलो ५ सय २४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–४ निवासी ३७ वर्षीया सुन्तली तामाङ रहेको पुष्टि भएको छ। अर्का एक जनाको परिचय भने हालसम्म खुलाइएको छैन।

प्रहरीले बरामद लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.