मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

हेटौंडा, चैत २२ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ कार्यालय समय लागू गरेको छ। मन्त्रिपरिषद्को आज चैत्र २२ गते बसेको बैठकले अब आउने चैत्र २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

उक्त निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहको व्यवस्था मिलाइसकेको जनाएको छ। कार्यालयद्वारा जारी सूचनामा सबै सेवाग्राही तथा सरोकारवालाहरूलाई नयाँ समय तालिका अनुसार सेवा लिन आग्रह गरिएको छ।

यसैगरी, जिल्लाभित्र रहेका सबै तहका सरकारी निकायहरूलाई पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ। कार्यालयले सम्बन्धित निकायहरूलाई सोही अनुरूप सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलद्वारा जारी सूचनामा सेवाको प्रभावकारिता र समय व्यवस्थापनलाई ध्यानमा राख्दै नयाँ व्यवस्था लागू गरिएको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.