इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

इन्द्रसरोवर गाउँपालि, चैत २२ गते । इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक किस्ताअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा भुक्तानी शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जारी गरेको सूचनाअनुसार लाभग्राहीहरूको खातामा (EFT) प्रणालीमार्फत रकम जम्मा भइरहेको जनाएको छ।

गाउँपालिका र ग्लोबल आईएमई बैंक लिमिटेड, इन्द्रसरोवर शाखाको समन्वयमा सञ्चालन हुने उक्त शिविर मार्फत लाभग्राहीहरूलाई आफ्नै वडामा पुगेर भत्ता वितरण गरिने व्यवस्था मिलाइएको छ। सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता बुझ्न आग्रह गरिएको छ।

सूचना अनुसार चैत २४ गते वडा नं. ५ (डौठेखोला), चैत २५ गते वडा नं. ४ (फाखेल), चैत २६ गते वडा नं. १ (मार्खु), चैत २७ गते वडा नं. ३ (सिस्नेरी) र वैशाख २ गते वडा नं. २ (कुलेखानी, भालुखर्क) मा भुक्तानी शिविर सञ्चालन गरिनेछ। सबै शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

गाउँपालिकाले भत्ता बुझ्न जाँदा चेक, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सामाजिक सुरक्षा परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। साथै नयाँ लाभग्राहीहरूले बैंक खाता सक्रिय गराई आवश्यक कागजातसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

नयाँ लाभग्राहीका लागि नागरिकताको प्रतिलिपि, बालबालिकाको हकमा जन्मदर्ता, सामाजिक सुरक्षा परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर, पासपोर्ट साइज फोटो, अपाङ्गता परिचयपत्र (आवश्यक भएमा) लगायत कागजात आवश्यक पर्नेछन्। अत्यन्त अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीका हकमा संरक्षक मार्फत भत्ता बुझ्न सकिने व्यवस्था समेत गरिएको छ।

थप जानकारीका लागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका सम्पर्क नम्बर ९८४७२१६००५ र ९८६६३३९९६६ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

हेर्नुहोस् सूचना – 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.