मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

हेटौडा,चैत २२ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियान अन्तर्गत १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यात्रुहरूलाई अनावश्यक हैरानी दिने तथा गैरव्यावसायिक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल चैत्र २१ र २२ गते सञ्चालन गरिएको अभियानका क्रममा मकवानपुरका विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा परेकामध्ये अधिकांश हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दा रहेका छन् भने एक जना रौतहट जिल्लाबाट रहेको जनाइएको छ।

नियन्त्रणमा लिइएकाहरूमा नसिब बर्तौला, फारोक अन्सारी, बद्रीबहादुर तामाङ, सुगम लोप्चन, कमल सिंह भ्लोन, अजय स्याङतान, सबिन थिङ, अर्जुन भ्लोन, अर्जुन भ्लोन तामाङ, सुरज श्रेष्ठ, सुलभ थिङ, नवराज गुरुङ, सन्तकुमार महर्जन, दिपेश लामा, राजेश ओझा, राहुल तामाङ, नवीन गौतम र रवि तिमिल्सिना रहेका छन्।

प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै प्रहरीले सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने कार्य नगर्न सबैलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी मकवानपुरद्वारा जारी सूचना हेर्नुहोस्।  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.