सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

हेटौडा, चैत २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले विद्यालय शिक्षा प्रणाली सुधारका लागि महत्वपूर्ण सुझावहरू सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले माध्यमिक शिक्षा परीक्षा (SEE) को कापी परीक्षण र परीक्षाफल तयारीलाई तीव्र बनाउँदै विद्यालय प्रणालीलाई व्यवहारिक र जीवनोपयोगी बनाउने आवश्यकतामा जोड दिएका छन्।

उनले विद्यालयमा हप्ताको दुई दिन—शनिबार र आइतबार—बिदा दिने व्यवस्थालाई स्वागत योग्य ठहर गर्दै यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिएका छन्। उनका अनुसार शनिबारको बिदामा सरसफाइ तथा सामाजिक कार्यमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने र आइतबार परिवारसँग समय बिताउने, मनोरञ्जन तथा नयाँ स्थानको भ्रमणजस्ता गतिविधिमा जोड दिनुपर्ने उल्लेख गरेका छन्।

त्यसैगरी, उनले हप्ताको तीन दिन सैद्धान्तिक तथा अन्य विषय अध्ययन र दुई दिन सीपमूलक अभ्यास तथा तालिम सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका छन्। अभ्यास तथा तालिमका क्रममा विद्यार्थीले गरेको श्रमको न्यूनतम मूल्य प्रदान गर्नुपर्ने उनले बताएका छन्।

घलानले यस्तो शिक्षा प्रणालीले आत्मनिर्भर नागरिक उत्पादन गर्ने र देशलाई आत्मनिर्भरतातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा अध्ययन गराउने नीति लागू गर्नुपर्ने सुझाव दिएका छन्।

उनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि सरकारी छात्रवृत्तिमा समान पहुँच दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनका यी सुझावहरूले वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र समावेशी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.