मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

हेटौडा, चैत २३ गते । मकवानपुरमा मिटर ब्याजबाट पीडित सर्वसाधारणको अवस्था अझै पनि दर्दनाक रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत मिटर ब्याज पीडितहरूको वास्तविक अवस्था सार्वजनिक गर्दै न्यायको माग गरेका छन्।

उनका अनुसार जिल्लामा धेरै सर्वसाधारणले लिएको ऋणभन्दा दोब्बर–तेब्बर रकम तिर्दा पनि अझै ऋण बाँकी रहेको भन्दै निरन्तर दबाब झेलिरहेका छन्। बाहिरी रूपमा कागजी प्रक्रिया मिलाइएको देखिए पनि भित्री रूपमा ठगी, मानसिक दबाब र अन्यायले जरा गाडेको उनको भनाइ छ।

मिटर ब्याजका कारण धेरै परिवार विस्थापित भएका छन् भने कतिपयले घरजग्गा गुमाएका छन्। केही पीडित विदेशिन बाध्य भएका छन् भने केही मानसिक तनाव तथा डिप्रेसनको सिकार बनेका छन्। कतिपय पीडित रातभरि निदाउन नसक्ने अवस्थासम्म पुगेको उल्लेख गरिएको छ।

सरकारले मिटर ब्याज नियन्त्रणका लागि छानबिन आयोग गठन गरेको भए पनि यसको प्रभावकारी कार्यान्वयनमा प्रश्न उठिरहेको छ। यस्तै, जिल्ला प्रशासन कार्यालय मकवानपुरको उपस्थितिका बाबजुद पनि पीडितले व्यवहारिक न्याय नपाएको गुनासो बढ्दै गएको छ।

महतले “आमजनताको समस्या कसले हेर्ने?”, “व्यवहारिक न्याय कसले दिने?” र “पहुँचवालाको संरक्षण कहिलेसम्म?” भन्ने प्रश्न उठाउँदै अब पीडितहरू चुप लागेर बस्ने अवस्थामा नरहेको बताएका छन्।

उनले न्याय कागजी प्रक्रियामा सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। साथै “मिटर ब्याज अन्त्य होस्, पीडितलाई न्याय होस्!” भन्ने नारासहित सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.