हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोड बढी ठगी आरोप: सरकारको ध्यानाकर्षण, छानबिनको माग

हेटौंडा, चैत २३ गते । हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्ग निर्माणको नाममा सर्वसाधारणबाट संकलन गरिएको करिब ३१ करोड ७६ लाख रुपैयाँ हिनामिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।

सामाजिक अभियन्ता तथा अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उक्त रकम नेपाल पूर्वाधार विकास कम्पनीले सेयरमार्फत उठाएको भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य नगरी सर्वसाधारणलाई ठगी गरिएको व्यापक गुनासो आएको बताएका छन्।

उनका अनुसार यस विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा माननीय मन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराइएको छ। उक्त ध्यानाकर्षण पत्र मन्त्रालयको सचिवालयमा दर्ता भइसकेको र आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा पुगिसकेको जानकारी पनि उनले दिएका छन्।

महतले जनताले गाई–बाख्रा बेचेर, जग्गा धितो राखेर जुटाएको पसिनाको पैसा फिर्ता गराउनु राज्यको दायित्व भएको स्पष्ट धारणा राखेका छन्। उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्।

यसैबीच उनले सम्पूर्ण सरोकारवालालाई केही समय धैर्य गर्न अपिल गर्दै आफूहरू निरन्तर पहल र दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तो छ ध्यानाकर्षण पत्र हेर्नुहोस्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.