जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

हेटौंडा,चैत २५ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अवैध घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा छापा मार्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत २३ गते साँझ करिब ५:३० बजे हेटौंडा उपमहानगरपालिका–१६स्थित शिवम सिमेन्ट प्रा.लि. नजिकैको एक घरमा खानतलासी गर्दा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन भइरहेको फेला परेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेको थियो।

प्रहरीले काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल हेटौंडा–१६ मा डेरा गरी बस्ने ६७ वर्षीय भिमान सिंह तामाङलाई मदिरा भट्टी सञ्चालकका रूपमा नियन्त्रणमा लिएको छ। साथै सोही स्थानमा काम गर्ने १९ वर्षीय लिला बहादुर तामाङ र २२ वर्षीय शिवराज ठकुरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

छापामार कारबाहीका क्रममा प्रहरीले करिब ५०० लिटर तयार घरेलु मदिरा र २५०० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ। साथै मदिरा उत्पादनमा प्रयोग हुने मेसिन, १५ वटा प्लास्टिक ड्रम, ७ वटा ग्यास सिलिन्डर, ३ वटा फलामे स्टेन्ड, एक भट्टी चुलो, मर्चा र सोडा लगायतका सामग्री बरामद गरिएको छ। त्यस्तै ४० बोरा कोदो पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.