हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन फ्रुटबाट आर्थिक उन्नतिको नयाँ आधार

हेटौंडा, चैत २६ गते । हेटौंडा उपमहानगरपालिका भित्र रहेको खेती योग्य जमिनमा आधुनिक प्रविधिको प्रयोग गर्दै फलफूल खेती विस्तार गर्ने लक्ष्यले उल्लेखनीय सफलता हासिल गर्न थालेको छ। नगर र प्रदेश सरकारको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म ३४ हजारभन्दा बढी मेवाका बिरुवा रोपिएका छन्, जसले फल दिन सुरु गरिसकेको छ।

हेटौंडाका कृषकहरूले उत्पादन गरेका मेवा काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा बिक्री वितरण भइरहेको छ भने केही कृषकहरूले भारतसम्म निर्यात गर्न थालेका छन्। यसले स्थानीय कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि गराएको छ।

विशेषगरी उपमहानगरपालिकाको वडा नम्बर १३ का विभिन्न स्थानमा फैलिएको मेवा खेतीले कृषि क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। आधुनिक प्रविधि र योजनाबद्ध खेती प्रणालीले उत्पादन बढाउनुका साथै कृषकहरूलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरिरहेको छ।

यसैबीच, हेटौंडाका कृषकहरूको सक्रियता र स्थानीय तथा प्रदेश सरकारको सहयोगमा लाखौं संख्यामा ड्रागन फ्रुटका बिरुवाबाट पनि उत्पादन सुरु भइसकेको छ। यी दुबै फलफूलको खेतीले हेटौंडालाई आर्थिक तथा सामाजिक रूपमा नयाँ पहिचान दिने अपेक्षा गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कृषकहरूको मेहनत र लगनशीलताको प्रशंसा गरेकी छन्। उनले कृषि क्षेत्रको विकासमा नगर र प्रदेश सरकार निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.