हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

हेटौँडा,चैत २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडाको पार्टी संगठन पुनर्गठन गरिएको छ। शनिबार आयोजित वडा स्तरीय कार्यकर्ता भेलाबाट २३ सदस्यीय वडा कमिटी गठन गरिएको हो।

नवगठित कमिटीको संयोजकमा राजेन्द्रकुमार बस्ताकोटी र सचिवमा गीता त्रिपाठीलाई जिम्मेवारी प्रदान गरिएको छ। भेलाले पार्टीलाई वडा तहमा अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित नयाँ रणनीति बनाएर अघि बढ्ने निर्णय गरेको जनाएको छ।

कार्यक्रममा केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पार्टी राष्ट्रिय स्वाभिमान, लोकतन्त्र सुदृढीकरण तथा विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिँदा पनि नेतृत्वमाथि निरन्तर प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले जनतासामु शिर नझुकाई एकताबद्ध भएर अघि बढेमा पछिल्लो पराजयलाई छिट्टै विजयमा परिणत गर्न सकिने विश्वास व्यक्त गरे।

त्यस्तै, बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले पार्टीलाई आन्तरिक रूपमा मजबुत बनाउँदै बाहिर फैलाइएका भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याए। उनले जनताबीच निरन्तर सम्पर्क विस्तार गरेमा बदलिएको मतलाई पुनः पार्टीको पक्षमा ल्याउन सकिने बताए।

निर्वाचन परिचालन संयोजक शिवहरी दहालले हालै सम्पन्न निर्वाचनमा सहयोग गर्ने सबै नेता, कार्यकर्ता तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.