हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा,बैशाख ३ गते । हेटौडा उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको खातामा जम्मा भइसकेको जानकारी दिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता रकम बुझ्न आग्रह गरेको हो।

सूचनाअनुसार, लाभग्राहीहरूले आफ्नो सक्कल नागरिकता र सामाजिक सुरक्षा भत्ता परिचयपत्र साथमा ल्याउनुपर्नेछ। भत्ता वितरण प्रोग्रेसिभ फाइनान्स लिमिटेड पदमपोखरी शाखामार्फत गरिनेछ।

वडा कार्यालयले विभिन्न टोल विकास संस्थाअनुसार भत्ता वितरणको समय तालिका समेत सार्वजनिक गरेको छ। वैशाख ४ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सृजनशील, समृद्धि, सिम्पानी, मुस्कान, सिरानटोल, समाजसेवी, शान्ति, टुटेपानी र पवित्रा टोलका लाभग्राहीहरूले भत्ता बुझ्न सक्नेछन्।

यस्तै, वैशाख ५ गते बिहान ९ बजेदेखि ३ बजेसम्म म्हेन्दोलिङ, नमोबुद्ध, सक्रिय, कोकोम्हेन्दो, मन्थली, वनस्पति, सहारा, नमुना र पिपलबोट टोलका लाभग्राहीहरूका लागि वितरण व्यवस्था गरिएको छ।

त्यसैगरी, वैशाख ८ गते बिहान ९ बजेदेखि ३ बजेसम्म हरियाली, सुन्दर बस्ती, हिमचुली, जडीबुटी, बिन्दबासिनी, तिनकुने, आधामार, पद्यसम्भव र पद्यविनायक टोलका लाभग्राहीहरूले भत्ता लिन सक्नेछन्।

वडा कार्यालयले तोकिएको मितिमा भीड व्यवस्थापन तथा सहज सेवाका लागि सम्बन्धित टोलअनुसार नै उपस्थित हुन आग्रह गरेको छ। साथै, आवश्यक कागजात बिना सेवा लिन असम्भव हुने भएकाले सबै लाभग्राहीलाई पूर्वतयारीका साथ उपस्थित हुन पनि अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.