सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं,बैशाख ११ गते । सार्वजनिक खरिद प्रणाली (पीपीएमओ) ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा अनुसन्धानका क्रममा पाण्डेलाई नियन्त्रणमा लिएको हो। ब्युरोका एआईजी मनोज केसीले पाण्डेलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

यसअघि पनि उक्त प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको थियो। अनुसन्धानलाई थप गहिरो बनाउँदै सीआईबीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा प्रमाण संकलनलाई तीव्र पारेको जनाएको छ।

सरकारी ठेक्का सम्बन्धी संवेदनशील प्रणाली नै ह्याक गरी विवरण परिवर्तन गरिएको घटनाले सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकरणमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.