बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

हेटौँडा,बैशाख ११ गते । बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीहरूको मासिक हाजिरी विवरण अनिवार्य रूपमा समयमै पेश गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले २०८३ वैशाख ११ गते जारी गरेको पत्र मार्फत प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र हाजिरी विवरण बुझाउन कडाइ गरिएको हो।

कार्यालयले कर्मचारीहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने जनाएको छ। साथै, कार्यालयले आएको, गएको, काज, बिदा लगायतका सम्पूर्ण विवरण सोही प्रणालीमार्फत नियमित रूपमा अद्यावधिक गर्न पनि आग्रह गरेको छ।

निर्देशनअनुसार प्रत्येक महिनाको अन्त्यमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख तयार पार्नुपर्नेछ। सो प्रमाणित विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा समयमै पठाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ।

यस कदमले कर्मचारीहरूको उपस्थिति व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.