सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ भने छानबिन गर्नुहोस्’

काठमाडौं,बैशाख १६ गते । महावीर पुनले आफ्नो सम्पूर्ण भौतिक सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूविरुद्ध उठाइएका आरोपहरूको छानबिन गर्न खुला चुनौती दिएका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका वैज्ञानिक पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै केही व्यक्तिहरूले आफूले राष्ट्रिय आविष्कार केन्द्र स्थापना र पुस्तक बिक्री मार्फत करोडौं रुपैयाँ संकलन गरेको आरोप लगाएको उल्लेख गरेका छन्। उनले यस्ता आरोप लगाउनेहरूलाई आफ्नो विवरण अध्ययन गरी आवश्यक छानबिन गर्न आग्रह गरेका छन्।

पुनले उक्त विवरण संघीय संसद सचिवालयलाई बुझाउनुअघि नै सार्वजनिक गरेको जानकारी दिएका छन्। उनले यसअघि शिक्षा मन्त्री हुँदा पनि सोही विवरण बुझाएको तर तत्कालीन सरकारले सार्वजनिक नगरेको उल्लेख गर्दै यसपटक पनि सार्वजनिक नहुन सक्ने आशंकाले आफैंले सार्वजनिक गरेको बताएका छन्।

उनले आफ्नो भौतिक सम्पत्ति बाहेक अमूल्य र असीमित सम्पत्तिका रूपमा देश तथा विदेशमा रहेका आफ्ना सहयोगीहरूलाई उल्लेख गरेका छन्। पुनले आफ्नो पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको सन्देश दिँदै सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.