काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

काठमाडौँ,बैशाख १६ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारमा रहेका अनाधिकृत तथा जोखिमपूर्ण बस्तीहरू खाली गर्ने अत्यन्त जरुरी सूचना जारी गरेको छ। काठमाडौँ जिल्लाभित्रका विभिन्न पालिकामा सरकारी, पर्ती, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई लक्षित गर्दै यो अभियान सञ्चालन गर्न लागिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालका अनुसार विपद् जोखिम न्यूनीकरण तथा मानवीय उद्धारलाई ध्यानमा राख्दै उक्त बस्तीहरू खाली गर्ने कार्य २०८३ साल वैशाख १८ गते बिहान ७ बजेदेखि काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट एकैपटक सुरु गरिनेछ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जोखिमयुक्त क्षेत्रमा रहेका घरटहरा तत्काल खाली गर्न आग्रह गरिएको छ। विशेषगरी बिरामी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ।

उद्धार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा स्थानीय तहका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। आवश्यक परे एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिनेछ। साथै व्यक्तिगत सामग्री, पशुपंक्षी तथा अन्य सम्पत्ति सुरक्षित रूपमा अन्यत्र सार्न सुरक्षाकर्मीको सहयोग लिन सकिने व्यवस्था गरिएको छ।

सूचनामा वैशाख १७ गते साँझसम्म पूर्ण रूपमा घरटहरा खाली गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ। वास्तविक रूपमा आश्रय आवश्यक पर्ने व्यक्ति तथा परिवारलाई नेपाल सरकारले अस्थायी बसोबासको व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि पहिचान प्रक्रिया अघि बढाइने पनि जनाइएको छ।

जिल्ला प्रशासनले गलत हल्ला वा अफवाहमा नपर्न र सरकारी अभियानमा सहयोग गर्न आग्रह गरेको छ। नक्कली रूपमा भूमिहीन दाबी गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

प्रशासनले यो अभियान नागरिकको सुरक्षा, ज्यानको रक्षा तथा संविधान प्रदत्त अधिकार सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको उल्लेख गर्दै सहयोग गर्न सबैमा अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.