संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

काठमाडौँ,बैशाख २० गते । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार तथा कार्यविधि सम्बन्धी अध्यादेशको विषयवस्तुमा पुनर्विचार गर्न राष्ट्रपतिबाट सरकारलाई फिर्ता पठाइएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख १४ गतेको निर्णयअनुसार सिफारिस भई पेश भएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेशको विषयवस्तुमा पुनः अध्ययन आवश्यक ठहर गर्दै उक्त अध्यादेश पुनर्विचारका लागि पठाइएको हो।

यसअघि संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश भएको थियो। उक्त विधेयक सन्देशसहित फिर्ता गरिएको सन्दर्भलाई समेत स्मरण गराइएको छ।

त्यसैगरी, २०८२ मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्राप्त भएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश २०८२ जारी नभएको अवस्थालाई पनि उल्लेख गरिएको छ।

उक्त समग्र सन्दर्भलाई मध्यनजर गर्दै वर्तमान अध्यादेशको विषयवस्तुमा पुनर्विचार आवश्यक देखिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.