हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा आधुनिक प्रविधियुक्त हाईमास्ट लाइट जडान गरिएको छ। उक्त बत्तीको उद्घाटन वडा अध्यक्ष पेम्बा लामाले नारियल फोरेर विधिवत् रूपमा शुभारम्भ गरेका हुन्।

स्थानीय तहको पहल र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा जडान गरिएको हाईमास्ट लाइट सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। आधुनिक प्रविधिअनुसारको उज्यालो व्यवस्थाले वडाको सौन्दर्य बढ्नुका साथै सुरक्षा व्यवस्थामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाले नगरलाई “उज्यालो, सुरक्षित र सुन्दर सहर” का रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न स्थानमा विशेष प्राथमिकताका साथ यस्ता बत्ती जडान गर्दै आएको जनाएको छ। खासगरी रातिको समयमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि न्यूनीकरण गर्न तथा सर्वसाधारणलाई सुरक्षित अनुभूति दिलाउन हाईमास्ट लाइट प्रभावकारी हुने विश्वास लिइएको छ।

स्थानीय नागरिकहरूले नगर प्रमुख मिनाकुमारी लामा तथा वडा अध्यक्ष पेम्बा लामाप्रति आभार व्यक्त गर्दै यस्ता विकास निर्माणका कार्यले नगरको सुरक्षा, विकास र सुन्दरतामा थप टेवा पुग्ने बताएका छन्।

वडा अध्यक्ष पेम्बा लामाले आफ्नो वडालाई विकास र सुरक्षाको दृष्टिले नमुना बनाउन निरन्तर प्रयासरत रहेको बताउँदै आधुनिक बत्ती जडान अभियानले नगरभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “उज्यालो व्यवस्थापनले रातिको समयमा हुन सक्ने सम्भावित घटनालाई केही हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ।”

स्थानीयवासीहरूले “उज्यालो हेटौंडा, सुरक्षित हेटौंडा” निर्माण अभियान सफल होस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.