शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित हटियामा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्किने धुलो, धुँवा तथा प्रदूषण नियन्त्रणका विषयमा स्थानीयवासीले अब छलफलभन्दा पनि ठोस समाधान आवश्यक रहेको बताएका छन्।

आइतबार ‘सेवा, सहयोग र आवाजमा हामी’ संस्थाले आयोजना गरेको “शिवम् सिमेन्ट उद्योगबाट उत्पन्न धुलो प्रदूषण, वातावरणीय असर, स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि तथा जनजीवनमा परेको प्रभावका सम्बन्धमा जनताको प्रश्न, सम्बन्धित निकायको उत्तर” विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरूले उद्योगका कारण आफूहरू वर्षौंदेखि प्रभावित हुँदै आएको गुनासो गरेका हुन्।

कार्यक्रममा हेटौंडा–१६ र १७ का स्थानीयवासीहरूले उद्योगबाट निस्किने धुलो, धुँवा तथा फोहोर सामग्रीको उचित व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे प्रश्न उठाएका थिए। उनीहरूले विज्ञान र प्रविधिको युगमा आधुनिक प्रविधिको प्रयोगमार्फत प्रदूषण नियन्त्रण गर्न सकिने भए पनि उद्योगले त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाए।

स्थानीयवासीका अनुसार हावा, हुरी, हुन्डरी तथा वर्षाका समयमा धुलो र धुँवाको असर झन् बढी हुने गरेको छ। कार्यक्रममा सहभागीहरूले उद्योगबाट निस्कने प्रदूषणले स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि उत्पादन तथा दैनिक जनजीवनमा प्रत्यक्ष असर परेको बताएका थिए।

सार्वजनिक सुनुवाइमा उद्योग पक्षका कुनै प्रतिनिधि उपस्थित नभएको विषयलाई समेत स्थानीयहरूले गम्भीर रूपमा उठाएका थिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का र्‍याट विभाग प्रमुख महेन्द्र श्रेष्ठ ले शिवम् उद्योगका ट्रकहरूले अत्यधिक ओभरलोड सामग्री बोकेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको बताए। उनले चालक तथा सहचालकलाई जरिवाना मात्रै गरेर समस्या समाधान नहुने भन्दै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा राखे।

श्रेष्ठले वडा क्षेत्रमा रहेका ७–८ वटा विद्यालयमा समेत उद्योगको प्रदूषणको प्रत्यक्ष असर परेको उल्लेख गर्दै उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लगाए।

स्थानीयवासी चर्तुभूज उपाध्याय ले आफ्नो घर उद्योगको करिब ३० मिटरको दूरीमा रहेको भन्दै धुलो र धुँवाका कारण निकै कठिन अवस्था भोग्नुपरेको बताए। उनले “उद्योग चलोस् वा बन्द होस्, तर हाम्रो घर–आँगनसम्म धुलो र धुँवा आउनु हुँदैन” भन्दै प्रदूषण नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरे।

अर्का स्थानीय रामचन्द्रले उद्योगमाथि कति अनुगमन भइरहेको छ भन्ने प्रश्न उठाउँदै स्थानीयको पीडालाई कसैले गम्भीर रूपमा नलिएको गुनासो गरे। उनले वर्षौंदेखि समस्या समाधानको कुरा उठे पनि ठोस निष्कर्ष ननिस्किएको बताए।

कार्यक्रममा सहभागी उत्सव इटेनी ले व्यवसाय सञ्चालन गर्दा अरूलाई हानी–नोक्सानी पुर्‍याउने काम गर्न नहुने धारणा राख्दै स्थानीयको समस्या समाधानका लागि आफूले पहल गर्ने विश्वास दिलाए।

त्यसैगरी भीम पाख्रिनले जनताको स्वास्थ्यसँग खेलवाड हुने कुनै काममा पार्टी संलग्न नरहेको दाबी गर्दै स्थानीय समस्याको समाधानका लागि छलफल भइरहेको बताए।

राष्ट्रिय मानव अधिकार मञ्चका अध्यक्ष तथा अधिवक्ता केशवप्रसाद गौतमले कानून बने पनि कार्यान्वयन कमजोर हुँदा समस्या समाधान हुन नसकेको बताए। उनले उद्योग व्यवस्थापन समिति गठन गरी उद्योग र स्थानीयबीच समन्वयमा थप सार्वजनिक सुनुवाइ आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, जिल्ला समन्वय समितिका सभापति ललितबहादुर घलान, प्रहरी, ट्राफिक प्रहरी तथा संस्थाका अध्यक्ष विशालराज महत लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.