हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

हेटौँडा,जेठ ५ गते। हेटौंडा उपमहानगरपालिकाले आम नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरेको छ।

उपमहानगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। योग शिविर मार्फत दैनिक जीवनमा योगको महत्व, शारीरिक तथा मानसिक स्वास्थ्यमा यसको सकारात्मक प्रभावबारे जानकारी प्रदान गरिएको थियो।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत योग आजको आवश्यकता बनेको उल्लेख गर्दै “गरौँ योग, रहौँ निरोग” भन्ने सन्देश प्रवाह गरेकी छन्। उनले योग विज्ञानले घर-घरमा यसको आवश्यकतालाई पुष्टि गरिसकेको बताउँदै स्वस्थ समाज निर्माणका लागि योगलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

नगरप्रमुख लामाले शिविर सञ्चालनमा सहयोग पुर्‍याएको पतञ्जलि योगपीठ नेपाल प्रति हार्दिक आभार व्यक्त गर्दै सहभागी सम्पूर्ण नागरिकप्रति सम्मान प्रकट गरेकी छन्।

उनले “जय स्वास्थ्य, जय योग” भन्ने नारासहित सकारात्मक सोच र नियमित योग अभ्यासमार्फत आरोग्य जीवनतर्फ अघि बढ्न सबैलाई आग्रह समेत गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.