Day: २०८३ जेष्ठ ५, मंगलवार २२:११

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

हेटौँडा,जेठ ५ गते। हेटौंडा उपमहानगरपालिका वडा नं. १३ वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गर्ने भएको छ। वडा कार्यालयले दोस्रो पटक सूचना प्रकाशित गर्दै केरा खेती प्रवर्धनका लागि इच्छुक कृषकहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो। वडा कार्यालयका अनुसार कार्यक्रम अन्तर्गत कृषकहरूले ३० प्रतिशत लागत सहभागिता गर्नुपर्नेछ भने बाँकी ७० प्रतिशत रकम वडा कार्यालयबाट अनुदान स्वरूप उपलब्ध गराइनेछ। कार्यक्रम मार्फत वडा क्षेत्रभित्र व्यावसायिक केरा खेती विस्तार गरी कृषकहरूको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको जनाइएको छ। बिरुवा आवश्यक पर्ने कृषकहरूले प्रत्येक टोल विकास संस्थाको प्रतिनिधित्व हुने गरी वडा कार्यालयमा…
Read More
हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

हेटौँडा,जेठ ५ गते। हेटौंडा उपमहानगरपालिकाले आम नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरेको छ। उपमहानगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। योग शिविर मार्फत दैनिक जीवनमा योगको महत्व, शारीरिक तथा मानसिक स्वास्थ्यमा यसको सकारात्मक प्रभावबारे जानकारी प्रदान गरिएको थियो। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत योग आजको आवश्यकता बनेको उल्लेख गर्दै “गरौँ योग, रहौँ निरोग” भन्ने सन्देश प्रवाह गरेकी छन्। उनले योग विज्ञानले घर-घरमा यसको आवश्यकतालाई पुष्टि गरिसकेको बताउँदै स्वस्थ समाज निर्माणका लागि योगलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने धारणा व्यक्त गरिन्। नगरप्रमुख लामाले शिविर…
Read More
“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौँडा,जेठ ५ गते। मकवानपुर जिल्लामा पछिल्लो समय बढ्दै गएको लागुपदार्थ प्रयोग, ओसारपसार तथा कारोबारका घटनाप्रति सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महत ले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटस मार्फत मकवानपुरको वर्तमान अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै यस विषयमा राज्य र जनप्रतिनिधिहरू गम्भीर बन्नुपर्ने बताएका छन्। उनले मकवानपुर विकास, उद्योग र राजमार्गसँग जोडिएको महत्वपूर्ण जिल्ला भए पनि यही क्षेत्र अहिले लागुपदार्थ ओसार-पसार र प्रयोगको जोखिममा परेको बताएका छन्। हेटौंडा लगायत विभिन्न क्षेत्रमा पटक–पटक लागुपदार्थसहित पक्राउ पर्ने घटनाले समाज र विशेषगरी युवापुस्ता माथि ठूलो खतरा बढिरहेको संकेत गरेको उनको भनाइ…
Read More
हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

हेटौँडा, जेठ ५ गते। हेटौडा उपमहानगरपालिका वडा नं. १४ मा विशेष चियापान तथा छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका विशिष्ट अतिथिहरूमा जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र लामा (योञ्जन), उपाध्यक्ष उत्तम गोम्जा, नगर कमिटी अध्यक्ष रमेश श्रेष्ठ तथा उपाध्यक्ष जीवन पाख्रिन को गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा उज्यालो अभियानका विविध पक्ष तथा समसामयिक सामाजिक विषयहरूमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले संगठनात्मक एकता, आपसी सहकार्य तथा आगामी सामाजिक योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा सकारात्मक विचार आदानप्रदान गरेका थिए। उक्त अवसरमा वक्ताहरूले समाज विकास, जनसहभागिता तथा संगठनलाई थप सशक्त बनाउँदै लैजान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.