जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

काठमाडौं,जेठ ८ गते। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद उल अज्हा) का अवसरमा आगामी २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा २०८२ फागुन १८ गते प्रकाशित सूचनाबमोजिम बकर ईदका दिन सार्वजनिक विदा दिने व्यवस्था रहेको उल्लेख गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा जेठ १४ गते पर्व परेको पुष्टि भएकाले उक्त दिन सार्वजनिक विदा हुने जनाएको हो।

मन्त्रालयका सह-सचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई बकर ईदको शुभकामना व्यक्त गरिएको छ। साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पनि मन्त्रालयले शुभकामना व्यक्त गरेको छ।

बकर ईद मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्वका रूपमा मनाइन्छ। यस अवसरमा मुस्लिम समुदायले नमाज अदा गर्ने, कुर्बानी दिने तथा आपसी सद्भाव र सहयोग साटासाट गर्ने परम्परा रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक विदा घोषणा

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.