हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

हेटौंडा,जेठ १२ गते। देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित तीव्र गतिको हावाहुरी चल्ने सम्भावना बढिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका कार्यालयले मकवानपुरवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमको प्रतिकूल अवस्थाले धनजनको क्षति हुन सक्ने भन्दै उपमहानगरपालिकाले जरुरी सूचना जारी गरेको हो।

जारी सूचनाअनुसार हावाहुरी सुरु हुनुअघि घर बाहिर रहेका उडाउन सक्ने सामानहरू सुरक्षित स्थानमा राख्न, कौसी, बार्दली तथा आँगनका सामग्री बाँधेर सुरक्षित गर्न र घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न अनुरोध गरिएको छ।

त्यस्तै, हावाहुरी चलिरहेको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर वा खुला स्थानमा ननिस्किन, रूख, बिजुलीका पोल, होर्डिङ बोर्ड तथा कमजोर संरचनाको ओत नलिन उपमहानगरपालिकाले सचेत गराएको छ। यात्रा गरिरहेका सवारी चालकलाई सुरक्षित स्थानमा गाडी रोकी भित्रै बस्न तथा चट्याङको जोखिमलाई ध्यानमा राख्दै विद्युतीय उपकरणहरूको प्लग निकाल्न पनि आग्रह गरिएको छ।

हावाहुरीपछि जमिनमा खसेका वा चुडिएका बिजुलीका तार नछुन तथा त्यस्ता अवस्थाबारे तत्काल विद्युत प्राधिकरणलाई जानकारी गराउन भनिएको छ। साथै, छिमेकमा कसैलाई चोटपटक लागेको अवस्थामा सुरक्षित रूपमा प्राथमिक उपचार गर्न वा नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन अनुरोध गरिएको छ।

उपमहानगरपालिकाले आपत्कालीन अवस्थामा नजिकको प्रहरी कार्यालय वा इमर्जेन्सी नम्बर १०० मा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.