जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चित्लाङ,जेठ १२ गते। हेटौँडा र काठमाडौँलाई छोटो दूरीमार्फत जोड्ने चित्लाङ–थानकोट सडकखण्ड आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन १४ दिनका लागि उक्त सडकखण्डमा सवारी आवागमन रोक्न लागिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौँका अनुसार सडकको विभिन्न भागमा कालोपत्रे, ढल व्यवस्थापन, पहिरो नियन्त्रण तथा सडक विस्तारको काम एकसाथ अघि बढाइएकाले सुरक्षाका कारण केही समय सडक बन्द गर्नुपरेको जनाएको छ ।

यो सडक हेटौँडा–काठमाडौँ यात्रा गर्ने सवारी साधनका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । सडक बन्द अवधिमा यात्रु तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

विशेष गरी दैनिक आवतजावत गर्ने यात्रु, मालवाहक सवारी तथा पर्यटकलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा जेठ ३० गतेपछि सडक पुनः सञ्चालनमा ल्याइने सडक डिभिजनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.