मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

हेटौंडा,जेठ १२ गते। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको चुरियामाई सडक खण्डमा जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लंघन गर्ने सवारी साधनमाथि मकवानपुर प्रशासनले कडाइ गरेको छ । दुर्घटना न्यूनीकरण र राजमार्गलाई सुरक्षित बनाउने उद्देश्यले मंगलबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अधिकारी, प्रहरी निरीक्षक किशोर आचार्यसहितको टोलीले गरेको अनुगमनका क्रममा लेन अनुशासन पालना नगर्ने तथा जोखिमपूर्ण ढंगले ओभरटेक गर्ने ७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट ३० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ ।

त्यसैगरी, मंगलबार मात्रै ट्राफिक प्रहरीले विभिन्न नियम उल्लंघन गर्ने ७९ वटा सवारी साधनलाई कारबाही गर्दा एक लाख पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक बच्चुराम फुयाँलले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा राजमार्गमा धेरै सवारी साधन नम्बर प्लेट बिना वा नम्बर स्पष्ट नदेखिने अवस्थामा सञ्चालन भइरहेको समेत भेटिएको थियो । नम्बर प्लेट मेटिएका १० वटा सवारी साधनलाई कारबाही गर्दै तत्काल नम्बर प्लेट लेखाउन लगाइएको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक यातायातमा लैंगिक विभेद झल्किने शब्द, वाक्य तथा सामग्री हटाउने अभियान पनि सुरु गरेको छ । सवारी साधनका विभिन्न भागमा लेखिएका विभेदकारी सामग्री हटाउन लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनले राजमार्गमा सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गरिने भन्दै चालकलाई लेन अनुशासन पालना गर्न र जोखिमपूर्ण ओभरटेक नगर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.