प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

हेटौंडा,जेठ १७ गते। हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेको भनिएको धारणाप्रति आपत्ति जनाउँदै तथ्य र प्रमाणका आधारमा मात्र सार्वजनिक अभिव्यक्ति दिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामाले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाली जनताको भावना र अपेक्षाविपरीत रहेको दाबी गरेका छन्। उनले देशमा विद्यमान आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको समाधानमा सरकार केन्द्रित हुनुपर्ने बेला विवादास्पद अभिव्यक्ति दिनु उपयुक्त नहुने उल्लेख गरेका छन्।

लामाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै नेपालले भारतको भूमि वा सीमा मिचेको भन्ने अभिव्यक्तिको आधार र प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन्। “यदि नेपालले सीमा मिचेको हो भने मेचीदेखि महाकालीसम्म कुन स्थानमा मिचिएको छ, त्यसको तथ्यांक र प्रमाण देखाउनुपर्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले प्रमाणबिनाका अभिव्यक्तिले जनतामा भ्रम सिर्जना गर्न सक्ने भन्दै अध्ययन र विश्लेषणका आधारमा मात्रै राष्ट्रिय महत्वका विषयमा धारणा व्यक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री कुनै एक दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा नेतृत्व भएकाले जिम्मेवारीपूर्ण अभिव्यक्ति आवश्यक रहेको उनको भनाइ छ।

लामाले लोकतान्त्रिक व्यवस्थामा आलोचना र प्रश्नलाई सम्मानपूर्वक सम्बोधन गर्नु सरकार प्रमुखको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा संवेदनशील र तथ्यपरक अभिव्यक्ति आउनुपर्ने धारणा व्यक्त गरेका छन्।

साथै उनले आम नागरिक, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अपुष्ट तथा भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.