Day: २०८३ जेष्ठ १७, आईतवार २३:४३

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

हेटौंडा,जेठ १७ गते। विश्व वातावरण दिवस २०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका–४ मा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गरे। उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूको जोखिम न्यूनीकरणका लागि…
Read More
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वडाध्यक्ष लामाको आपत्ति : ‘सीमा मिचिएको प्रमाण छ भने सार्वजनिक गर्नुस्’

हेटौंडा,जेठ १७ गते। हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेको भनिएको धारणाप्रति आपत्ति जनाउँदै तथ्य र प्रमाणका आधारमा मात्र सार्वजनिक अभिव्यक्ति दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामाले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाली जनताको भावना र अपेक्षाविपरीत रहेको दाबी गरेका छन्। उनले देशमा विद्यमान आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको समाधानमा सरकार केन्द्रित हुनुपर्ने बेला विवादास्पद अभिव्यक्ति दिनु उपयुक्त नहुने उल्लेख गरेका छन्। लामाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै नेपालले भारतको भूमि वा सीमा मिचेको भन्ने अभिव्यक्तिको आधार र प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन्। “यदि नेपालले सीमा मिचेको हो भने मेचीदेखि महाकालीसम्म कुन स्थानमा मिचिएको छ, त्यसको…
Read More
मेचीनगरमा ४८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित एक युवक पक्राउ

मेचीनगरमा ४८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित एक युवक पक्राउ

झापा, जेठ १७ गते। झापाको मेचीनगर नगरपालिका–६ मेचिडाँडाबाट प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध बरामद गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका–८ निवासी ३२ वर्षीय रोशन कार्की रहेका छन्। प्रहरीका अनुसार उनको साथबाट सेतो प्लास्टिकमा बेरिएको खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५३ ग्राम ८०० मिलिग्राम र प्लास्टिक बाहेक ४८ ग्राम ६० मिलिग्राम लागूऔषध बरामद भएको जनाएको छ। प्रहरीले कार्कीको साथबाट एक…
Read More
बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

बगुवा,जेठ १७ गते। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा बागमती खोलामा खसेको टेलर गाडी निकालिएको छ। दुर्घटनामा बेपत्ता भएका चालकको शव गाडीभित्रै स्टेयरिङमा च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बागमती पुलसँग जोड्न निर्माण गरिएको डाइभर्सन सडकबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी खोलामा खसेको थियो। दुर्घटनापछि चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उद्धार तथा खोजी कार्यका क्रममा खोलाबाट निकालिएको गाडीभित्र बर्तौलाको शव स्टेयरिङमा च्यापिएको अवस्थामा फेला परेको हो। दुर्घटनाका बेला गाडीमा चालक र सहचालक गरी दुई जना सवार रहेका थिए। सहचालक १७ वर्षीय प्रशन्न प्रजा भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.