विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

हेटौंडा,जेठ १७ गते। विश्व वातावरण दिवस २०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका–४ मा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गरे। उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूको जोखिम न्यूनीकरणका लागि स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैलीलाई प्राथमिकता दिनुपर्ने बताए।

गिरीले भान्सामा नियमित प्रयोग हुने बेसार, अदुवा, लसुन, तुलसी, मेथी लगायतका सामग्रीमा औषधीय गुण रहेको उल्लेख गर्दै “भान्सा नै पहिलो औषधालय हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देलले स्वस्थ नागरिक निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए। उनले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएको उल्लेख गर्दै स्वस्थ खानपान, सरसफाइ तथा हरियाली प्रवर्द्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।

त्यसैगरी, कार्यक्रमका सभाध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्नुपर्ने धारणा राखे। उनले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

“स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” भन्दै उनले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सहित नगरका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा ४०० भन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो।

सहभागीहरूले कार्यक्रमबाट प्राप्त जानकारी तथा अनुभवलाई दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

विश्व वातावरण दिवसमा ‘भान्सा नै औषधालय’ अभियान : स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.