नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौँडा, साउन ११ गते । नागढुङ्गा सुरुङमार्ग उद्घाटनलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका बेला सामाजिक अभियन्ता तथा ‘सेवा, सहयोग र आवाज’ अभियानका अध्यक्ष विशालराज महतले लामो समयदेखि अलपत्र रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजना र त्यसमा डुबेको सर्वसाधारणको लगानीबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार वि.सं. २०६९ सालमा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (NPBCL) ले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै सर्वसाधारणबाट लगानी संकलन गरेको थियो। विकासको सपना देखाउँदै हजारौँ नागरिकलाई परियोजनामा सहभागी गराइएको भए पनि १४ वर्ष बितिसक्दा पनि आयोजना निर्माण हुन नसकेको उनको भनाइ छ।

उनका अनुसार उक्त परियोजनाका लागि करिब ३६ करोड रुपैयाँ सर्वसाधारणबाट संकलन गरिएको थियो। तर हालसम्म सुरुङमार्ग निर्माणको कुनै प्रगति नभएको, लगानीकर्ताले आफ्नो रकम फिर्ता नपाएको तथा परियोजनाको जिम्मेवारी कसले लिने भन्ने विषय अझै अन्योलमै रहेको उनले उल्लेख गरेका छन्।

महतले जापान सरकारको सहयोगमा नागढुङ्गा सुरुङमार्ग केही वर्षमै सम्पन्न हुन सफल भएको उदाहरण प्रस्तुत गर्दै नेपालकै निजी क्षेत्रबाट सुरु गरिएको पहिलो सुरुङमार्ग परियोजना किन अलपत्र अवस्थामा पुगेको भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्। विकासका नाममा नागरिकलाई सपना बेच्ने प्रवृत्तिले जनविश्वास कमजोर बनाउने उनको टिप्पणी छ।

उनले यसअघि तत्कालीन सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराइएको भए पनि कुनै ठोस परिणाम ननिस्किएको दाबी गरेका छन्। सम्बन्धित निकायसँग सम्पर्क गर्दा ‘अध्ययन भइरहेको’ भन्ने जवाफ मात्र प्राप्त हुने गरेको र जिम्मेवार पक्षबाट स्पष्ट उत्तर नआएको उनको गुनासो छ।

महतले सरकारले अरूले निर्माण गरिदिएका संरचनाको उद्घाटन मात्र गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै जनताको विश्वास जोगाउने काम नै सरकारको वास्तविक परीक्षा हुने बताएका छन्। परियोजना सम्भव भए तत्काल निर्माण प्रक्रिया अघि बढाउन र सम्भव नभए कानुनी प्रक्रियाअनुसार लगानीकर्ताको रकम फिर्ता गर्न उनले माग गरेका छन्।

उनले भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजना र त्यसमा भएको लगानीका विषयमा तत्काल निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित लगानीकर्ताको हित सुनिश्चित हुने गरी सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.