२०८३ श्रावण ११, सोमबार २३:३३
२०८३ श्रावण ११, सोमबार २३:३३
हेटौँडा, साउन ११ गते । नागढुङ्गा सुरुङमार्ग उद्घाटनलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका बेला सामाजिक अभियन्ता तथा ‘सेवा, सहयोग र आवाज’ अभियानका अध्यक्ष विशालराज महतले लामो समयदेखि अलपत्र रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजना र त्यसमा डुबेको सर्वसाधारणको लगानीबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार वि.सं. २०६९ सालमा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (NPBCL) ले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै सर्वसाधारणबाट लगानी संकलन गरेको थियो। विकासको सपना देखाउँदै हजारौँ नागरिकलाई परियोजनामा सहभागी गराइएको भए पनि १४ वर्ष बितिसक्दा पनि आयोजना निर्माण हुन नसकेको उनको भनाइ छ। उनका अनुसार उक्त परियोजनाका लागि करिब…