बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

बगुवा,जेठ १७ गते। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा बागमती खोलामा खसेको टेलर गाडी निकालिएको छ। दुर्घटनामा बेपत्ता भएका चालकको शव गाडीभित्रै स्टेयरिङमा च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बागमती पुलसँग जोड्न निर्माण गरिएको डाइभर्सन सडकबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी खोलामा खसेको थियो। दुर्घटनापछि चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उद्धार तथा खोजी कार्यका क्रममा खोलाबाट निकालिएको गाडीभित्र बर्तौलाको शव स्टेयरिङमा च्यापिएको अवस्थामा फेला परेको हो।

दुर्घटनाका बेला गाडीमा चालक र सहचालक गरी दुई जना सवार रहेका थिए। सहचालक १७ वर्षीय प्रशन्न प्रजा भने दुर्घटना हुनासाथ गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बागमतीमा खसेको टेलर निकालियो, चालकको शव स्टेयरिङमै च्यापिएको अवस्थामा फेला

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.