मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

हेटौंडा,जेठ १८ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार दिनको अवधिमा विभिन्न स्थानमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा लागूऔषधसहित १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार जेठ १४ गतेदेखि १७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानमा शंकास्पद व्यक्तिहरूमाथि खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध बरामद भएको हो। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३४ ग्राम १० मिलिग्राम, चरेसजस्तो देखिने पदार्थ २६० ग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम तथा ट्रामाडोल दुई क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार, बाराको कलैया उपमहानगरपालिका–१४ निवासी ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका–९ निवासी २१ वर्षीय सर्जुक शाह तथा रौतहटको बौधीमाई नगरपालिका–२ निवासी २१ वर्षीय रोहित पटेलको साथबाट ३४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।

यस्तै, भारत घर भई हाल हेटौंडा उपमहानगरपालिका–४ बस्ने २३ वर्षीय आकाश कुमार, हेटौंडा–७ का २४ वर्षीय राजन अधिकारी, हेटौंडा–११ का ३३ वर्षीय राजा बाबु शर्मा तथा बकैया गाउँपालिका–४ का ३४ वर्षीय समिर सान्तानको साथबाट २१ ग्राम ३७० मिलिग्राम गाँजा र ट्रामाडोल दुई क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका–१ निवासी ४४ वर्षीय सहदेव अर्जेल, २३ वर्षीय कालुराम गिरी, ३९ वर्षीय मनोज महर्जन तथा हेटौंडा–१७ निवासी ३६ वर्षीय रामचन्द्र मोक्तानको साथबाट २२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।

प्रहरीले हेटौंडा–८ निवासी २३ वर्षीया अनुष्का क्षेत्री र चितवनको भरतपुर महानगरपालिका–८ निवासी २६ वर्षीय करण स्याङ्बोको साथबाट २६० मिलिग्राम चरेसजस्तो देखिने पदार्थ तथा १ ग्राम ८४० मिलिग्राम गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबै १३ जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा चार दिनमा लागूऔषधसहित १३ जना पक्राउ, खैरो हेरोइनदेखि चरेससम्म बरामद

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.