२०८३ जेष्ठ १८, सोमबार २१:५२
२०८३ जेष्ठ १८, सोमबार २१:५२
हेटौंडा,जेठ १८ गते। विश्व वातावरण दिवस–२०८३ को अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौंडा–८ मा ‘फोहोर खोज चुनौती कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा १९ वटा टोल विकास संस्थाका ३८ समूहले सहभागिता जनाउँदै २ हजार २ सय केजी अजैविक फोहोर संकलन गरेका छन्। हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ को व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो। सहभागी समूहहरूले आफ्नो टोल तथा आसपासका क्षेत्रबाट प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोर संकलन गरी व्यवस्थापनका लागि हस्तान्तरण गरेका थिए। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल…