हेटौडामा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रिया सम्पन्न

हेटौडा, असार १३ गते। हेटौडा उपमहानपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई थप प्रभावकारी, पारदर्शी तथा सेवा–मैत्री बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सेवा प्रवाहका क्रममा देखिएका चुनौती, सुधारका आवश्यकता, प्रचलित कानुनी व्यवस्था तथा कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउन आवश्यक समन्वय, प्रविधिको प्रयोग तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए। साथै, स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको थियो।

अन्तरक्रिया कार्यक्रममा सम्बन्धित शाखाका कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सुझावसमेत प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.