२०८२ असार ११, बुधबार १७:४६
२०८२ असार ११, बुधबार १७:४६
काठमाडौँ। राष्ट्रिय पार्टीको रूपमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले अहिलेको यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भएको कुरा बताएका छन्। आज रेडियो भरोसासँग फोन संवाद गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन्। उनी भन्छन्: "केपी ओली सरकार अहिले पूर्ण बदनाम कमाउने अवस्थामा डामाडोल भइसकेको अवस्था छ।" जसरी समर्थन दिएको थियो हामीले त्यही अनुसार सरकार पक्षधरबाट कुनै पनि चासो हामी माझ नदेखाएपछि हामीले राखेको समर्थन फिर्ता सरकार पक्षबाट लिएका हौं। अहिलेको यस सरकारले गरेको कुनै पनि कार्यलाई हेर्ने हो भने आर्थिक पक्षमा यो सरकार पूर्ण डामाडोल भइसकेको अवस्था देखिन्छ। र नौ महिनाको समय अवधिमा फर्केर…