काठमाडौँ। राष्ट्रिय पार्टीको रूपमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले अहिलेको यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भएको कुरा बताएका छन्। आज रेडियो भरोसासँग फोन संवाद गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन्।
उनी भन्छन्: “केपी ओली सरकार अहिले पूर्ण बदनाम कमाउने अवस्थामा डामाडोल भइसकेको अवस्था छ।” जसरी समर्थन दिएको थियो हामीले त्यही अनुसार सरकार पक्षधरबाट कुनै पनि चासो हामी माझ नदेखाएपछि हामीले राखेको समर्थन फिर्ता सरकार पक्षबाट लिएका हौं।
अहिलेको यस सरकारले गरेको कुनै पनि कार्यलाई हेर्ने हो भने आर्थिक पक्षमा यो सरकार पूर्ण डामाडोल भइसकेको अवस्था देखिन्छ। र नौ महिनाको समय अवधिमा फर्केर हेर्दा यस सरकारले लगभग करिब साढे २ अर्ब बराबरको ऋण जनतामाझ बकाइसकेको अवस्था छ। अहिलेको यो सरकारले गरेको हरेक निर्णयहरू कमीकमजोरीहरू र गल्तीहरुलाई हामी दूधको साक्षी बिरालो भएर बस्न नसकिने अवस्था भइसकेपछि सरकार समक्ष राखेको समर्थनलाई हाम्रो आफ्नो संसदीय दललाई यस विषयमा पुनर्विचार गर्न लगाएर संसदीय दलका अध्यक्षसमेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ज्यूले पनि केही यस विषयमा पुनर्विचार नै गरी उहाँहरुले एउटा बैठक राखेर उक्त सान्दर्भिक उठेका विषयलाई प्रधानमन्त्री समक्ष भेट्न भए अनुसार भेटघाट पनि भयो तर यस विषयमा कुनै फोकस नै नगरी आफ्नै तरिकाबाट व्यवस्था गरी काम गरिरहेको हामीले महसुस गरिरह्यौ। र अहिले बनाएको बजेट पनि कसैको पनि आवाजलाई समेटेको अवस्था छैन। हामीले समर्थन गराइरहेको यो सरकारबाट यो देश समृद्ध तर्फ जान सक्ने कुनै आधार नदेखेपछि संसदीय दलको निर्णय भए अनुसार हामीले पत्रकार सम्मेलन गरी यो विषयमा अर्थात् सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषय उपर पत्रकार सम्मेलन मार्फत जानकारी गराइसकेका छौं,उनले भने।
सरकारबाट बाहिरिसकेपछि अब भविष्यको उद्देश्य के हुन सक्छ भन्ने सन्दर्भमा उनी यसो भन्छन् : पूर्णरूपमा जनतामाझ केन्द्रित रहेर अब अघि बढ्ने उद्देश्य बनाएका छौं र अहिले भइरहेको प्रचुर भ्रष्टाचार जस्ता विषयमा भएका कुराकानीलाई सशक्त ढङ्गबाट सडकबाट नै आवाज बुलन्द बनाउँछौं अनि अघि बढ्छौं।
अहिलेसम्म सरकार पक्षलाई दिएको समर्थन हेर्दा आफैंलाई पनि लाजमर्दो महसुस हामीले गर्यौ। यो भ्रष्ट सरकारलाई किन समर्थन हामीले दियौं होला भन्ने जस्ता पछुतोको अनुभव आफैलाई हुँदै लज्जास्पद महसुस अहिले हामीले गरिरहेका छौं। भनेर आफ्नो भनाइ हामी माझ उपाध्यक्ष बज्राचार्यले राखेका छन्।
समर्थन फिर्ता लिँदा सरकारपक्ष दललाई अब कस्तो असर पर्ला भन्ने सन्दर्भमा उनी फेरि यसो भन्छन्: एकदमै पर्न सक्छ किनकि अहिलेको यस सरकारले ल्याउने थालेको अध्यादेश भूमिहीन सुकुम्बासी सँग जोडिएका विधेयकलाई पुन फेरि विधेयकको रुपमा ल्याउन थालेको भन्ने सूक्ष्म जानकारी पाइसकेपछि यो विधेयक पनि हुन नसकिने विषयलाई अधिवेशन समयमा संशोधन गर्ने पत्र हामीले बुझाइसकेका छौं। तर यस सरकारले समर्थन जनाएको पार्टी दलहरूको आफ्नो विचार भावलाई स्थान नदिने भइसकेपछि यस्तो अवस्थामा हामीले समर्थन फिर्ता लिन बाध्य भयौँ। र लियौँ पनि। अब हामीले समर्थन फिर्ता लिँदा अहिले हाम्रो राष्ट्रिय सभामा तीनवटा सिट रहेको छ। जसले गर्दा यो सरकार पूर्णरुपमा अल्पमतमा परिसकेको अवस्था छ। अल्पमतमा पर्दा अहिलेको सरकारले ल्याउन थालेको भूमिसम्बन्धी विधेयक पनि त्यहाँबाट पारित हुने अवस्थामा छैन त्यसकारणले पनि हामीले समर्थन फिर्ता लिएको हो। समर्थन फिर्ता लिनु भनेको यस सरकारलाई ठूलो धक्का पर्नु सर नै हो। समर्थन फिर्ता लिइरहँदा पनि यो सरकार अझै पनि सचेत रहेन भने हामी अझै पनि सशक्त ढङ्गबाट सडक र सदन दुवै पूर्ण तताउँछौं।
यो सरकारले कुनै पनि आर्थिक दृष्टिकोणलाई हेर्ने हो भने पनि सत्ताधर पक्षबाट राज्य सुरक्षित हुन्छ भन्ने सन्दर्भमा हामी पुन आश्वस्त हुन सक्ने अवस्थामा छैन। र हामी सम्पूर्ण देशवासी जनता नागरिकहरुलाई यस विषयमा सचेत हुनका लागि पनि विशेष आग्रह पनि गर्छौं। हामी परि आएको खण्डमा पनि राज्यको विरुद्धमा कुनै पनि हदको सडक संघर्ष गर्न पनि तत्पर हुन्छौं, उनले भने।
अब नयाँ आर्थिक बजेट ल्याउने सन्दर्भमा पनि समर्थ न बाहिरिँदा कस्तो असर पर्न सक्ला यस सवालमा उनी यसो भन्छन्: केही दिन अगाडि प्रतिपक्षमा रहेका प्रमुख दल माओवादीले पनि समर्थन जनाए बजेट कार्यान्वयनमा साथ दिएको जानकारी आयो। अब उहाँहरूको आन्तरिक छलफल विषय कुन कुरामा सहमत भयो त्यो हामीलाई जानकारी हुन सकेन। यस्तो अवस्थामा हाम्रो पार्टीको तर्फबाट चाहिँ हामीले घोर भर्सना सहित हामी अगाडि बढिरहेका छौं हामीले कमसेकम यो बजेट उनीहरूले पास गरेता पनि यो बजेट पूर्णरुपमा जनतापक्ष र समानता हुने किसिमले तयार पारेको छैन। जसले गर्दा देश र जनताको हितकारी हुने अवस्थामा देखिँदैन। यी सरकारले गरे त आफ्नै त्यही आसेपासे कार्यकर्ता लक्षित स्थानहरूमा कनिका छरे जस्तो जेट पुर्याउने काम गरेका देखिन्छ। यो नगन्ने मात्रामा सानोतिना कामहरूमा बजेट छरेर आफ्नो बैंक बनाउने कार्यबाहेक यो सरकारले कुनै पनि प्रभावकारी कार्यहरूमा लगानी चाहिँ गरेको छैन। यी सरकारले वैदेशिक ऋणलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा पनि एक प्रतिशत पनि योजना बनाएको देखिँदैन। त्यसकारण ऋण चाहिँ नौ दश महिनामा दुई खर्ब चानचुन हाराहारीमा थपेको मात्र देखिन्छ। यो सरकार राष्ट्रपति र जनताप्रति पूर्ण बफादार छैन र यिनीहरू आफ्नो सीमित स्वार्थमा मात्र जोडिरहेको तिनीहरूले गरेको विविध कार्यबाट प्रमाणित भएको देखिन्छ।
हामीले समर्थन फिर्ता लिनुको कारण यिनीहरूले बजेट सकाउँछ भन्ने कुराको होइन यो बजेट चाहिँ पूर्णरूपमा देशको हित विपरीत रहेको छ। भन्ने सन्देश लैजानको निमित्त हामीले यो समर्थन फिर्ता लिएका हौँ। भनेर हामीसँग टेलिफोन संवादमा उपाध्यक्ष बज्राचार्यले आफ्नो भनाइ विशेष उल्लेख गरेका थिए।














