२०८२ असार २३, सोमबार २३:२०
२०८२ असार २३, सोमबार २३:२०
मकवानपुर। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ रहेको किटीनीमा दिन-दहाडै दुईवटा घरमा चोरी भएको छ। बलराम केसी र बासुदेव केसीको घरमा आज चोरी हुन पुगेको जानकारीमा आएको हो। आज दिउँसो करिब २ बजेदेखि ३ बजे समय अवधिको बीचमा घरमा कोही नभएको मौका पारी ती चोरहरूले ताला फोरेर घरमा राखिरहेको अवस्थामा रहेको नगद रु १ लाख ५ हजार र मोबाइल खुकुरीसमेत चोरी गरी लगिएको प्रहरीले बताएको छ। जब गाउँमा यस घटना घट्यो त्यही घटनाको आशंकामा तीनजना व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। गाउँमा चोरी भएपछि फरार अवस्थामा रहेको उनीहरूलाई प्रहरीले सोही दिनमा पक्राउ गरिएर उनीहरूसँग रहेको विभिन्न…