मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

मकवानपुर। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ रहेको किटीनीमा दिन-दहाडै दुईवटा घरमा चोरी भएको छ। बलराम केसी र बासुदेव केसीको घरमा आज चोरी हुन पुगेको जानकारीमा आएको हो।

आज दिउँसो करिब २ बजेदेखि ३ बजे समय अवधिको बीचमा घरमा कोही नभएको मौका पारी ती चोरहरूले ताला फोरेर घरमा राखिरहेको अवस्थामा रहेको नगद रु १ लाख ५ हजार र मोबाइल खुकुरीसमेत चोरी गरी लगिएको प्रहरीले बताएको छ।

जब गाउँमा यस घटना घट्यो त्यही घटनाको आशंकामा तीनजना व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। गाउँमा चोरी भएपछि फरार अवस्थामा रहेको उनीहरूलाई प्रहरीले सोही दिनमा पक्राउ गरिएर उनीहरूसँग रहेको विभिन्न सामग्रीहरू फेला पारेका छन्।

चोरी घटनामा संलग्न रहेको आशंकामा पक्राउ पर्नेहरूमा सर्लाही जिल्लाको हरिवन नगरपालिका ९ बस्ने वर्ष ३० को सञ्जीव परियार, मकवानपुर जिल्लाको थाहा नगरपालिका २ देउराली टोलमा बस्ने वर्ष ३५ को कान्छा उर्फ प्रदीप पोडे र ललितपुर जिल्ला गोदावरी नगरपालिका १३ झरासी बस्ने वर्ष ३० को चमार भन्ने बिमल नेपाली रहेका छन्।

प्रहरीले घटनासँग जोडिएका भनिएका ती व्यक्तिहरूको साथबाट खन्तलासी गर्दा नगद रु ६८ हजार ९ सय ३१ रुपैयाँ प्राप्त गरेका छन् भने अन्य विभिन्न कम्पनीको नाममा रहेको मोबाइल एनसेल सिम कार्डहरू र सुन जस्तो पहिलो देखिने धातु पनि प्राप्त गरेका छन्। यस्तै औठी एक थान,खुकुरी एक थान,कटर,चाकु,एअरबोर्ट,घडी र मूर्ति एक एक थान लगायत अन्य विविध सामग्रीहरू उनीहरूको साथमा रहेको अवस्थामा प्रहरीले फेला पारेका छन्।

पीडित बलराम केसी र बासुदेव केसीले आफ्नो घरमा रहेको जिन्सी नगद सामान चोरी भएको विषयलाई लिएर इलाका प्रहरी कार्यालय पालुङमा रहेको विभिन्न प्रहरी चौकीमा छुट्टाछुट्टै जाहेरी दिएपछि चोरी तथा डाँका सम्बन्धी कसुरमा ती व्यक्तिहरूलाई मुद्दा दर्ता गरिएको बताएको छ।

त्यसपछि पक्राउ परेका तिनै जना व्यक्तिहरूलाई सोही मुद्दामा मुद्दा चलान गरी मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.