२०८२ आश्विन २८, मंगलवार ००:४७
२०८२ आश्विन २८, मंगलवार ००:४७
हेटौंडा, अशोज २८ गते । फोहोर व्यवस्थापनको नाममा हेटौंडा उपमहानगरपालिकाबाट प्रत्येक घरधुरीबाट उठाइने रकम ठेकेदारको निजी आम्दानीको माध्यम बनेको खुलासा भएको छ। सामाजिक अभियान्ता विशालराज महतद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार, हेटौंडा उपमहानगरभित्र रहेका २५ हजार घरधुरीबाट प्रतिमहिना रू. २०० का दरले फोहोर संकलन शुल्क उठाइँदै आएको छ। यसरी उठाइएको शुल्कबाट मात्रै ठेकेदार कम्पनी ग्रीन एण्ड क्लिन सिटी प्रा.लि. ले महिनामा करिब ५० लाख, र वर्षभरमा झन्डै ६ करोड रुपैयाँ उठाउने गरेको अनुमान छ। तर, यति ठूलो आम्दानी हुँदाहुँदै पनि उपमहानगरपालिकालाई ठेक्का सम्झौताअनुसार वर्षको मात्र ५ लाख रुपैयाँ बुझाइने गरेको खुलासा भएको छ। महतका अनुसार, फोहोर संकलनका गाडी, इन्धन, कर्मचारी र…