२०८२ कार्तिक २०, बिहीबार २३:१६
२०८२ कार्तिक २०, बिहीबार २३:१६
हेटौंडा, कात्तिक २० गते । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासँग सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक स्टाटसबारे बुझ्दा उनले उक्त विषयलाई पुरानो भएको बताउँदै कुनै जाहेरी नदिएको जानकारी दिएका छन्। सीडीओ अधिकारीका अनुसार, मेयर लामाले उक्त विषयबारे सोध्दा मुस्कुराउँदै “पुरानो कुरा हो” भन्दै सहज ढङ्गमा प्रतिक्रिया दिएकी थिइन्। उनले यसबारे कुनै औपचारिक उजुरी वा कानुनी कदम नचालेकी समेत अधिकारीले बताएका छन्। हालै सामाजिक सञ्जाल फेसबुकमा मेयर लामासम्बन्धी केही विवादास्पद टिप्पणीहरू सार्वजनिक भएपछि यस विषयमा प्रशासनको ध्यान गएको थियो। तर मेयर लामाले यसलाई व्यक्तिगत रूपमा नलिइ, सार्वजनिक जिम्मेवारीका क्रममा आउने सामान्य चुनौतीको रूपमा स्वीकार गरेकी…