२०८३ भाद्र १०, बुधबार २२:२१
२०८३ भाद्र १०, बुधबार २२:२१
मनहरी, भदौ १० गते । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित सीता माध्यमिक विद्यालयले आफ्नो ४९औँ अभिभावक दिवस तथा विविध कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङको अध्यक्षतामा आयोजित कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिन, गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली तथा विद्यालयका प्रधानाध्यापक विशाल घलानलगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयको पछिल्लो शैक्षिक अवस्था, अतिरिक्त क्रियाकलाप तथा अन्य गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको समग्र विकास, अभिभावकको भूमिका तथा विद्यालय र समुदायबीचको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो। अभिभावक दिवसका…