२०८३ भाद्र १२, शुक्रबार २२:५३
२०८३ भाद्र १२, शुक्रबार २२:५३
हेटौंडा, भदौ १२ गते । भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको कठिन परिस्थितिको फाइदा उठाउँदै राहत संकलनका नाममा व्यक्तिगत बैंक खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजेको आरोपमा एक जना व्यक्ति नियन्त्रणमा परेका छन्। मिति २०८३ भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षति भएको घटनापछि राहत संकलनका नाममा व्यक्तिगत तलबी खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजिएको सम्बन्धमा प्राप्त उजुरीका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्ति माथि घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। सम्बन्धित निकायले विपद्को समयमा राहत तथा सहयोगका नाममा हुने सम्भावित ठगीबाट सचेत रहन आग्रह…