Day: २०८३ आश्विन २९, बिहीबार २३:११

६३औँ सेतो छडी दिवसमा आयोजित एक्सेस प्लानेटको टिकटक प्रतियोगिता सम्पन्न, अनिश बने प्रथम

६३औँ सेतो छडी दिवसमा आयोजित एक्सेस प्लानेटको टिकटक प्रतियोगिता सम्पन्न, अनिश बने प्रथम

काठमाडौँ, असोज २९ गते । ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा एक्सेस प्लानेटद्वारा आयोजित "सेतो छडी र नेपालका दृष्टिविहीन व्यक्तिहरूको सडक सुरक्षाका सवालहरू" विषयक खुला टिकटक प्रतियोगिता सम्पन्न भएको छ। दृष्टिविहीन व्यक्तिहरूको सुरक्षित आवतजावत, सेतो छडीको महत्त्व तथा पहुँचयुक्त समाज निर्माणमा नागरिकको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी हुनका लागि असोज ९ गतेदेखि २५ गतेसम्मको समयावधि तोकिएको थियो, जसअन्तर्गत सहभागीहरूले आफ्नो टिकटक एकाउन्टबाट भिडियो पोस्ट गरेका थिए। प्रतियोगितामा सहभागीहरूले सेतो छडीको सही प्रयोग, सार्वजनिक स्थानका अवरोध, सडक पार गर्दा ध्यान दिनुपर्ने विषय तथा गलत तरिकाले सहयोग गर्दा हुने समस्याहरूलाई ३ मिनेटभन्दा छोटा भिडियोमार्फत प्रभावकारी रूपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.