हेटौंडा। शुक्रबार काठमाडौँको तिनकुनेमा भएको राजावादीको आन्दोलनमा भएको पत्रकार हत्या र संचार गृह तथा सञ्चारकर्मीमाथि सांघातिक हमला भएको विरुद्धमा आज हेटौडा पनि उक्त घटनालाई लिएर ऐक्यबद्धता जनाउँदै हेटौडाका पत्रकारहरुले विरोध सभा गरेका छन्।
एभिन्यूज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकको हत्याराको विषयलाई ऐक्यबद्ध जनाउँदै हेटौडाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले पनि विरोध जनाउँदै सीमाचोकमा गएर विभिन्न प्लेकार्डहरू बोकेर विरोध जनाएका छन्।
विरोधसभामा पुगेका प्रत्येक पत्रकार साथीहरुले प्लेकार्डमा लेखेका छन् “प्रेस स्वतन्त्रता जिन्दाबाद,पत्रकार सुरक्षाको ग्यारेन्टी गर हार्दिक श्रद्धाञ्जली सुरेश” जस्ता प्लेकार्डहरू बोकेर सिमाचोकमा पुगेर विरोध सभा हेटौंडाका पत्रकारहरुले गरेका थिए।
प्रतिकृया दिनुहोस्
Post Views: 118














