सुनको भाउ तोलामा २ हजारले वृद्धि,चाँदी तोलामा ५ रुपैयाँले वृद्धि

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा फेरि पनि मूल्यवृद्धि भएको छ। अघिल्लो दिन मङ्गलबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज एकै दिन २ हजार रुपैयाँले बढेको छ।

जस अनुसार आज सुन प्रतितोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबारको दिन प्रतितोलामा १ हजार ९ सयले घटेको सुन सोमबार भने ७ सयले घटेको थियो। त्यसपछि अघिल्लो दिन शुक्रबार भने सुन तोलामा ३ हजार ९ सय रुपैयाले घटेको थियो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि भने निरन्तर गिरावट आएपनि आज भने उकालो लाग्न थालिएको हो।

त्यस्तै चाँदीको भाउ तोलामा आज भने पाँच रूपैयाँले घटेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदीको भाउ प्रतितोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.